SOURCE : प्रजिता बुढाथोकी
नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको शुरुआतदेखि नै प्राथमिक बजारमा धितोपत्र निष्कासनको क्रममा आस्बाबाट आवेदन अनिवार्य बनाएको छ । अहिले बोर्ड र सीडीएस एण्ड क्लीयरिङ लिमिटेडबाट यस प्रणालीलाई पूर्णरूपमा लागू गर्ने प्रयास थालिएको छ । प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्कासन कार्य थप सरल र व्यवस्थित बनाउने उद्देश्यले यी दुवै संस्था यसमा जुटेका हुन् । यसका लागि सीडीएस एण्ड क्लीयरिङ लिमिटेडले प्रस्तुत गरेको धितोपत्र सार्वजनिक निष्कासनको केन्द्रिकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४ लाई बोर्डले स्वीकृति प्रदान गरिसकेको अवस्था छ । हाल नेपालका ७५ ओटै जिल्लामा रहेका बैङ्क तथा वित्तीय संस्थाका २ हजार ४ सयभन्दा बढी शाखाबाट आस्बा सेवा प्रदान भइरहेको छ ।
के हो आस्बा प्रणाली ?
कुनै पनि सङ्गठित संस्थाको धितोपत्र सार्वजनिक निष्कासनमा आवेदन दिएबापत जम्मा गरेको रकम सो धितोपत्र बाँडफाँट नभएसम्मका लागि आवेदककै बैङ्क खातामा रोक्का हुने व्यवस्था आस्बा प्रणाली हो । यो प्रणाली लागू गर्न सङ्गठित संस्थाले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । यस्ता संस्थाले धितोपत्र बोर्डले तोकेबमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउँछन् । पछिल्लो समय यस प्रणालीलाई अझ व्यवस्थित गर्न दरखास्त सङ्कलनका लागि बैङ्क तथा वित्तीय संस्थाले विद्युतीय प्रणाली (अनलाइन सिष्टम)को समेत प्रयोग गर्दै आएका छन् ।

शेयर खरीदका लागि आवेदन प्राप्त गर्ने सङ्गठित संस्थाले शेयर बाँडफाँट नहुन्जेलसम्म झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरेबमोजिमको रकम रोक्का राख्दछ । दरखास्त सङ्कलन गर्ने समय सकिएपछि दरखास्त सङ्कलनको विवरण निष्कासन तथा विक्री प्रबन्धकलाई पठाउने गरिन्छ । सबै सङ्गठित संस्थाबाट आस्बामार्फत आवेदन सङ्कलन भए पनि यसको सम्पूर्ण रेकर्ड विक्री प्रबन्धकले राख्ने गर्दछ । आस्बा प्रणालीमा डिम्याट खाता पनि अनिवार्य गरिएको छ । आस्बामार्फत आवेदन दिँदा एकजनाको नामबाट एकभन्दा बढी आवेदन परेमा र आवेदन फारममा उल्लेख गर्नुपर्ने सम्पूर्ण विवरण उल्लेख गर्न छुटाएमा त्यस्ता आवेदन रद्द हुनेछ । यसरी रद्द गरिएको जानकारी सम्बन्धित लगानीकर्तालाई गराई धितोपत्र खरीद प्रयोजनका लागि रोक्का राखिएको निजको खाताको रकम तुरुन्तै फुकुवा गरिनेछ ।
धितोपत्र बाँडफाँट प्रक्रिया
संगठित संस्थाले सार्वजनिक निष्कासनका लागि खुला गरिएको धितोपत्र विक्री बन्द भएपछि कम्तीमा ३० दिन र बढीमा ५० दिनभित्र बाँडफाँट गरिसक्नुपर्नेछ । धितोपत्र खरीदका लागि प्राप्त रू. २ लाखसम्मको आवेदनको ३० दिन, रू. २ लाखदेखि रू. ३ लाखसम्मको आवेदनको ४० दिन र रू. ३ लाखदेखि बढी रकमको आवेदनको शेयर ५० दिनभित्र बाँडफाँट गर्नुपर्ने प्रावधान रहेको छ । निष्कासन तथा विक्री प्रबन्धकले धितोपत्र खरीदका लागि रीतपूर्वक आवेदन दिने यकिन गरी त्यस्तो धितोपत्रको बाँडफाँट तालिका तयार गर्नुपर्नेछ । उक्त तालिका बाँडफाँट गर्नुभन्दा कम्तीमा ३ कार्य दिनअघि धिनोपत्र बोर्डमा पेश गर्नुपर्नेछ । धितोपत्र सर्वप्रथम सबै आवेदकलाई १० कित्ताको दरले बाँडफाँट गर्नुपर्नेछ । त्यसपछि बाँकी रहेको निष्कासित धितोपत्र २० वा सोभन्दा बढी कित्ता आवेदन गर्नेलाई पुनः १० कित्ताका दरले बाँडफाँट गर्नुपर्नेछ । यस प्रक्रिया सम्पन्न भएपछि पनि धितोपत्र बाँकी रहेमा सोही प्रक्रिया अपनाई बाँडफाँट गर्नुपर्नेछ । प्रत्येक आवेदकलाई १० कित्ता बाँडफाँट गर्न अपुग हुने अवस्थामा न्यूनतम १० कित्ता पाउनेगरी गोली प्रथाबाट आवेदन छनोट गरी बाँडफाँट गर्नुपर्नेछ ।

यसरी बाँडफाँट गरिएको दिन वा भोलिपल्टसम्ममा निष्कासन तथा विक्री प्रबन्धकले लगानीकर्ता, धितोपत्र बोर्ड तथा धितोपत्र बजारलाई जानकारी गराउनुपर्नेछ । उक्त जानकारी वेबसाइटका साथै लगानीकर्ताले दरखास्त फारममा उल्लेख गरेको ईमेल ठेगानामा ईमेल गरी वा मोबाइल नम्बरमा एसएमएस पठाई गराउन सकिने व्यवस्था छ ।
निष्कासन तथा विक्री प्रबन्धकले धितोपत्र बाँडफाँट भएको ३ दिनभित्र धितोपत्र निष्कासनकर्ता सङ्गठित संस्थालाई निष्कासन गरिएको रकमको भुक्तानी दिनुपर्नेछ भने बाँडफाँट भएको ५ दिनभित्र आवेदकलाई बाँडफाँटपत्र तथा फिर्ता गर्नुपर्ने रकम भुक्तानी दिन शुरू गर्नुपर्नेछ । यसरी भुक्तानी दिँदा आवेदकले दरखास्त फारममा उल्लेख गरेको खातामा जम्मा हुनेगरी रकम फिर्ता भुक्तानी दिनुपर्नेछ ।
प्रभावकारिता
आस्बा प्रणाली लागू भएसँगै लगानीकर्ताले यसलाई सजिलो प्रभावकारी तथा सजिलो माध्यमको रूपमा लिएका छन् । शेयरप्रतिको आकर्षण र यसअघिको आवेदन दिने प्रक्रिया झन्झटिलो ठानेका लगानीकर्तालाई आस्बा प्रणालीबाट सहज सुविधा पुगेको हो । लामो समयदेखि शेयरमा लगानी गर्दै आएकी बुद्धनगरकी मैना बुढाथोकीले आस्बा प्रणालीले समयको बचतसँगै झन्झट कम गरेको बताइन् । थोरै लगानीमा पनि १० कित्ता पर्ने सम्भावना भएकाले आफूले सार्वजनिक निष्कासन नछुटाउने गरेको उनको भनाइ छ । अहिले अनलाइनदेखि एसएमएसमार्फत पनि धितोपत्रमा आवेदन दिन सकिने व्यवस्थाले यसमा लगानीकर्ताको आकर्षण बढेको एनएमबी क्यापिटलका प्रमुख व्यवसायी तथा सञ्चालन अधिकृत कमलप्रसाद नेपालले जानकारी दिए । लगानीकर्ता मात्र होइन, विक्री प्रबन्धकलाई समेत यो प्रणालीले सहज भएको उनको भनाइ छ ।

No comments:
Post a Comment