नोट कोष के हो ? कसरी हुन्छ सञ्चालन ? - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, December 14, 2017

नोट कोष के हो ? कसरी हुन्छ सञ्चालन ?


मुलुकभर नेपाली नोट सहज आपूर्तिका लागि स्थापना गरिएको कोष नोट कोष हो । यो कोष राष्ट्र बैङ्कका नोट कोष कारोबार गर्ने कार्यालय र वाणिज्य बैङ्कहरूले सञ्चालन गर्न पाउँछन् । यो कोष सञ्चालन गरेबापत वाणिज्य बैङ्कहरूले राष्ट्र बैङ्कबाट तोकिएको शुल्क प्राप्त गर्छन् । 
नोट कोषमा नोट मात्र राख्नुपर्छ । यसरी राखिएको रकम बैङ्किङ कार्यालयतर्फको नगद मौज्दात हिसाबबाट अलग हुनेगरी सेफ वा दराजमा राख्नुपर्छ । नोट कोषमा सिक्का राख्न तथा त्यसको कारोबार गर्न पाइँदैन ।
हाल नेपाल राष्ट्र बैङ्कले मुलुकभर ७५ स्थानबाट नोट कोष सुविधा प्रदान गर्दै आएको छ । राष्ट्र बैङ्कले आफ्ना सातओटा क्षेत्रीय कार्यालय, नेपाल बैङ्कका २४ ओटा शाखा र राष्ट्रिय वाणिज्य बैङ्कका ४५ ओटा शाखामार्फत नोट कोष सुविधा प्रदान गर्दै आएको छ । 

1 comment:

Post Top Ad

Responsive Ads Here