फेसबुकको शाखा कार्यालय लन्डनमा - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, December 15, 2017

फेसबुकको शाखा कार्यालय लन्डनमा



लन्डन– अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय  सोमबार खुलेको छ। लन्डन शाखामा फेसबुकले विभिन्न पदमा गरी ८०० कर्मचारीहरुको माग गरेको छ। उक्त संख्यामा विशेष गरी इन्जिनियरको माग  बढी गरिएको  छ।
फेसबुकले आफ्नो  व्यवसायिक रुपमा लन्डनलाई एक महत्वपूर्ण क्षेत्रका रुपमा छनौट गरेको हो। पछिल्लो समय अत्यधिक नाफा कमाउन सफल व्यवसायिक संस्थाका रुपमा फेसबुक कम्पनीले आफुलाई स्थापित गराउन सफल भएको छ।
मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक कम्पनीको स्थापना गरेका थिए। हाल विश्वका करिब एक चौथाई मानिसले फेसबुक चलाउँछन्। फेसबुक कम्पनीको आम्दानी ७१ प्रतिशतले बढेको छ।
गत वर्ष भएको नाफा रकममा फेसबुक कम्पनीले ४९ प्रतिशत आम्दानी बढाएको छ। फेसबुकले अत्याधिक नाफा विज्ञापनबाट कमाउने गरेको छ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here