एक्सेलको १८ हजार कित्ता सेयरमा लिलामी खुल्याे, पुष ९ गतेसम्म अावेदन गर्न सकिने - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, December 10, 2017

एक्सेलको १८ हजार कित्ता सेयरमा लिलामी खुल्याे, पुष ९ गतेसम्म अावेदन गर्न सकिने

एक्सेल डेभलपमेन्ट बैंक(ELDBL) को लिलामी सेयरमा आईतबारदेखि अावेदन खुला भएको छ । बैंकले १८ हजार २८६ दशमलव ५० कित्ता सेयरमा शिलबन्दी बोलपत्र आह्वान गरेको हो । लिलामीमा पुस ९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

एक्सेलले बैंकले असोज १८ देखि कात्तिक २१ गतेसम्म ५० प्रतिशत हकप्रदमा अवितरित सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।
लिलामी सर्कान इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकको कार्यालय विराटनगर र विर्तामोडबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
धितोपत्र बोर्डले काठमाडौं बाहिरका सात शहरबाट लिलामी आवेदन बुझ्न दिएको निर्देशन अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकका वीरञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सूर्खेत र धनगढी शाखाबाट समेत यस लिलामीमा आबेदन बुझाउन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । न्यूततम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 
तोकिएका सबै लिलामी संकलन केन्द्रहरुबाट बोलकबोल आवेदन विक्री प्रबन्धकको कार्यालयमा प्राप्त भएपछि बोलपत्र खुला गरिने मिति, समय र स्थानको जानकारी दिने उल्लेख छ । 
हकप्रद निष्काशनपछि चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाएको १५ करोड २६ लाख रुपैयाँ खुद नाफाबाट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस वितरणको प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ पुग्नेछ ।
चालु अावको प्रथम त्रैमासमा बैंकले तीन करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा कायम गरेको छ । जसकाे प्रतिकित्ता सेयरमूल्य ४०० रुपैयाँ रहेको छ । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here