सेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने पाँच बुँदाहरु - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Saturday, December 16, 2017

सेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने पाँच बुँदाहरु


सेयरमा लगानी गरेवापत सेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो । 
संस्थापक सेयर वा अग्राधिकार सेयर 
कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम बराबरको सेयर हाल्छ त्यसलाई संस्थापक सेयर वा अग्राधिकार सेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ । 
साधारण सेयर 
संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।
सेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् । 
यसरी किन्ने सेयर 
आईपीओ जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन गर्छन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिन्छ । आह्वानपत्रले कम्पनीको सेयरमा कतिसम्म र कहाँबाट आवेदन सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजनासमेत उल्लेख गरेको हुन्छ । आह्वानपत्र राम्ररी अध्ययन गर्न सक्नेले त्यहीँबाट पनि कम्पनीको धेरै जानकारी पाउँछ । यस्तो आह्वानपत्र धितोपत्र बोर्डबाट स्वीकृत भएको हुँदा लगानीकर्ता विश्वसनीयतामा भर पर्न सक्छन् । आह्वानपत्रमा उल्लेख भएको सेयर विक्री प्रबन्धक वा तोकिएका सङ्कलन केन्द्रबाट सेयरमा लगानी गर्न फारम पाइन्छ । फारममा लगानीकर्ताले कति कित्ता सेयर लिन चाहेको हो, उल्लेख गरेर आफ्नो बारेमा मागिएको जानकारी पनि भर्नुपर्छ । सेयर फारममा हस्ताक्षरसमेत गर्नुपर्ने हुन्छ । पछि नगद फिर्ता लिँदा हस्ताक्षर मिल्नुुपर्ने भएकाले स्पष्ट र चल्तीकै हस्ताक्षर गर्नुपर्छ । 
बैंक खाता अनिवार्य
फारम भर्नेको बैङ्क खाता अनिवार्य हुनुपर्ने व्यवस्था छ । मागेको भन्दा कम सेयर परेमा वा सेयर नपरेमा त्यही खातामा रकम जम्मा गर्न मिल्ने गरी विक्री प्रबन्धकले एकाउण्टपेयी (अर्थात् खातामै रकम जाने) चेक जारी गरिदिन्छ । फारम भर्न जाँदा आफ्नो पासपोर्ट साइजको दुईप्रति फोटो र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ । सक्कल नागरिकता प्रमाणपत्रसमेत सङ्कलन केन्द्रमा देखाउनुपर्ने भएकाले साथमै बोक्नुपर्छ । निश्चत सीमाभन्दा बढी रकमको सेयर माग गर्दा आम्दानीको स्रोत उल्लेख गर्नुपर्ने हुन्छ भने एकाउण्टपेयी चेकबाटै भुक्तानी दिनुपर्छ । 
आवेदन गरेको शेयरको बाँडफाँट निष्कासित सेयरको आधारमा ४० देखि ७० दिन लाग्छ । शेयर बाँडफाँट भएपछि लगानीकर्ताले कति सेयर पाए भन्ने यकिन हुन्छ । पाएको सेयरको प्रमाणपत्र र माग गरेर पनि नपाएको सेयरको रकम फिर्ता भने सङ्कलन केन्द्र वा विक्री प्रबन्धकबाटै पाउन सकिन्छ । माग गरेर पनि भनेजति शेयर नपाएकाले त्यो रकम बापतको ब्याज पनि पाउँछन् । तर, यस्तो ब्याज भने जम्मा २ प्रतिशत मात्र पाइन्छ । कतिपय बैङ्क तथा वित्तीय संस्थाले भने आफ्नै सेयरमा लगानी गर्नेलाई लक्षित गरेर सेयरधनी खाता पनि सञ्चालनमा ल्याएका छन् । कम्पनीले मागभन्दा कम सेयर पर्नेलाई रकम फिर्ता दिनुपरेमा आफैले त्यो खातामा रकमसमेत राखिदिने र भविष्यमा दिने नगद लाभांश पनि जम्मा गरिदिने गर्छन् । यो खातामा रकम हालिसकेपछिको ब्याजदर भने केही बढी हुन्छ । 
सेयर कारोबार
सेयर बाँडफाँट गरेको ३० दिनभित्र कम्पनीले आफ्नो शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर सूचीकरण गराउँछन् । त्यसपछि लगानीकर्ताले (जलविद्युत् जस्ता कम्पनीले स्थानीय बासिन्दा वा यही समूहका लागि जारी गरेको सेयरबाहेक) सेयर कारोबार गर्न सक्नेछन् । कुनै पनि कम्पनीको पहिलो पटकको काराबोरका लागि नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्म रकम तोकिदिन्छ । त्यसपछिको मूल्य भने बजारमा रहेको माग र आपूर्ति अनुसार नै निर्धारण हुन थाल्छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here