पोखरा फाइनान्स लिमिटेडले १५ प्रतिशत (१ : ०.१५ ) को अनुपातमा ९ लाख ८३ हजार ६ सय ८२ दशामलभ ७४ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ , कहाँ र कहिले देखि ? - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, December 26, 2017

पोखरा फाइनान्स लिमिटेडले १५ प्रतिशत (१ : ०.१५ ) को अनुपातमा ९ लाख ८३ हजार ६ सय ८२ दशामलभ ७४ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ , कहाँ र कहिले देखि ?



पोखरा फाइनान्स लिमिटेडले १ः०.१५ अनुपातमा निष्कासन गर्न लागेको हकप्रद शेयर पुस ३० गते देखि खुल्ला हुने भएको छ । कम्पनीले रू. १०० अंकित मूल्यका ९,८३,६८२.७४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द हुने मिति फागुन ६ गते रहेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा पोखरा फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, विरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६५,५७,८८४.९२ रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ७५,४१,५६,७६६ पुग्नेछ । पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।




No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here