राधी विद्युत कम्पनी लिमिटेडको ७ लाख ६४ हजार कित्ता आइपीओ निष्काशन पौष ३ गतेदेखि !! - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, December 12, 2017

राधी विद्युत कम्पनी लिमिटेडको ७ लाख ६४ हजार कित्ता आइपीओ निष्काशन पौष ३ गतेदेखि !!

0_1512883953364_radhi.png

लमजुंग जिल्लामा अवस्थित राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि ७ लाख ६४ हजार ५ सय ५० कित्ता दरले ७ करोड ६४ लाख ५५ हजार को मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर पौष ३गतेदेखि जारी गर्न लागेको हो।
कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड थ्रि(३) रेटिङ प्रदान गरेको छ । लगानीकर्ताले आइपीओ भर्नको लागी कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल बैंकिङ इन्भेष्टमेन्ट र धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
राधी विद्युत कम्पनीले निष्कासन गरेको आइपीओमा छिटोमा पुस ६ गते र ढिलोमा १७ गते सम्म आवेदन दिन सकिनेछ ।
यस अघि , लमजुङका स्थानीय बासिन्दालाई आइपीओ बिक्री गरेको थियो ।वैशाख ५ गतेदेखि वैशाख २० गतेसम्म लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । कम्पनीले अतिप्रभावित साविक घेर्मु गाविसका स्थानीय बासिन्दालाई २ लाख ४६ हजार (६० प्रतिशत) र न्यून प्रभावित ताघ्रिङ गाविसका स्थानीय बासिन्दालाई १ लाख ६४ हजार(४० प्रतिशत) कित्ता साधारण शेयरको बिक्री खुला गरेको थियो ।
स्थानीयलाई आइपीओ जारि गर्दा नबिकेको १ लाख ४९ हजार ५५० कित्ता शेयर समेत थप गरि ७ करोड ६४ लाख ५५ हजार जारी गर्न लागेको हो । आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोडको उचाईमा पुुग्नेछ । जारी पुँजी मध्य रू. ३० करोड ७५ लाख संस्थापक शेयरधनीबाट प्राप्त गरेको हो ।

0_1512883869010_RADHI BIDYUT COMPANY LIMITED.jpg

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here