वित्तिय प्रतिवेदनकाे नयाँ विधि एनएफआरएस – भनेकाे के हाे ? - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, February 11, 2019

वित्तिय प्रतिवेदनकाे नयाँ विधि एनएफआरएस – भनेकाे के हाे ?



नेपाल राष्ट्र बैंकले बैंक तथा  वित्तिय संस्थाहरूलार्इ नयां लेखामान विधि एनएफअारएस अनुसार वित्तिय प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएपछि अहिले लगानीकर्ताहरू सबैमाझ एउटा जिज्ञासा थपिएकाे छ – के हाे एनएफअारएस ? खासमा एनएफअारएस नेपाल फाइनान्सियल रिपाेर्टिंग स्टाण्डर्डकाे छाेटकरी स्वरूप हाे । यसकाे अर्थ नेपाल वित्तिय प्रतिवेदन मानक भन्ने हुन्छ । 

नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस) एकाउन्टिंग स्टाण्डर्ड बाेर्ड नेपाल (एएसबी) द्वारा विकसित गरिएकाे लेखांकन मानकहरूको सेट हो । याे अन्तराष्ट्रिय वित्तिय प्रतिवेदन मानक (अाइएफअारएस) ले प्रतिपादन गरेकाे सिद्धान्तमा अाधारित रहेर तयार गरिएकाे हाे । एनएफआरएसले विभिन्न अार्थिक लेनदेनहरूको लेखांकन गरी वित्तिय विवरण तयार पार्दा अपनाउनु पर्ने सिद्धान्तकाे बारेमा बताउँदछ ।  
कम्पनीकाे लेखांकन गर्दा त्यस्ताे लेखांकनलार्इ विश्वव्यापीरूपमै सबैद्वारा बुझ्न सकिने हाेस भन्नुका साथै त्यस्ताे लेखांकनलार्इ त्यस्तै अर्काे कम्पनीकाे लेखांकनसँग सहजै दाँज्न सकिने हाेस भन्ने र यस्ताे लेखांकन र वित्तिय प्रतिवेदनमा अंकित व्यवसायिक मामलाहरूलार्इ एक साधारण वैश्विक भाषामा बुझाउन सकियाेस भनेर एनएफअारएसलार्इ अाइएफअारएसकाे अाधारमा विकास गरिएकाे छ । ताकि कम्पनीका वित्तिय प्रतिवेदनहरू बुझ्न सकिने हुन र तुलना गर्न मिल्ने हुन । त्यसैले एनएफअारएसले अाइएफअारएसकाे अाधारमा त्यस्ता लेखांकनहरूकाे िनयमहरू पछ्यार्इ अान्तरिक तथा बाह्य प्रयाेगकर्ताहरूकाे लागि बुझ्न याेग्य, विश्वसनिय र सान्दर्भिक प्रयाेकर्ताकाे अनुासर राख्न सिकाउँदछ । 
नेपाल चार्टर्ड एकाउण्टेन्ट एक्ट १९९७ मा भएकाे व्यवस्था बमाेजिम वित्तिय प्रतिवेदनकाे मानक स्थापना गर्न अावश्यक देखिएका कारण सन् २००३ मा लेखामान मानक बाेर्ड नेपाल अर्थात एकाउन्टिंग स्टाण्डर्ड बाेर्ड नेपाल गठन भएकाे देखिन्छ । तत्पश्चात साेही बाेर्डले नै अन्तराष्ट्रिय लेखामान मानक (अाइएएस)मा अाधारित भएर नेपाल एकाउन्टिंग स्टाण्डर्ड विकास गरी सन् २००३ काे मार्च १० यता लागू गर्दै अाएकाेमा सन् २०१७ यता नेपाल एकाउन्टिंग स्टाण्डर्डकाे साटाे एनएफअारएस लागू हुने कुरा समाचारमा अाएतापनि यसकाे प्रयाेग यस अार्थिक वर्षबाट मात्रै पूर्ण रूपमा हुने देखिएकाे छ । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here