योमरीको सुरुवात
नेपाल भाषामा योमरीको अर्थ मनपर्ने रोटी अर्थात् मीठो रोटी हुन्छ । योमरी र योमरी पुन्ही पर्वको सुरुवातसम्बन्धी कथन पनि नेवार समुदायमा प्रचलनमा छ । कथनअनुसार योमरी बनाउने चलन पनौती क्षेत्रमा भएको हो । लीलाभक्त मुनंकर्मीले आफ्नो पुस्तक ‘हाम्रा सांस्कृतिक पर्व र जात्राहरू’ मा हिजोआज पनौती भनिने पाञ्चाल देशका सुचन्द्र नाम गरेका धर्मात्माले योमरी बनाएको उल्लेख गरेका छन् । धर्मात्मा सुचन्द्र दम्पतीले मंसिर शुक्ल पूर्णिमाका दिन योमरी नामक रोटी बनाई आफू खाई अरुलाई समेत खान दिएको कुरा लेखिएको छ । योमरी र योमरी पुन्हीको प्रचलन सुरु भएको विश्वासमा पनौतीमा योमरी स्तम्भ समेत निर्माण गरिएको छ।

योमरीको पर्व
विभिन्न पर्वमा विभिन्न खानेकुरा खाने नेवारी संस्कृतिको विशिष्टता देखिन्छ । हरेक वर्षको मंसिर शुक्ल पूर्णिमाका दिनलाई योमरी पुन्हीको रुपमा मनाइन्छ । यस वर्षको योमरी पुन्ही आउँदो आइतबार परेको छ । धान्य पूर्णिमाका दिन मनाइने योमरी पून्ही भूमिको पूजाको स्वरूप समेत रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । उनी भन्छन्, ‘योमरी भोजन परिकारमा मात्र सीमित नरही भूमि अर्चना गर्ने संस्कारको सूत्र पनि साबित हुन्छ ।’ उनी योमरी पुन्हीलाई सामाजिकीकरणको सूत्रका रूपमा समेत व्याख्या गर्छन् । भन्छन्, ‘बाल सामाजिकीकरणको पहिलो चरण योमरी चाडदेखि नै सुरु हु“दो रहेछ । योमरी चाडमै नेवार केटाकेटीहरू जुटेर मनोरम ढंगले आफूलाई समाजभित्र समावेश गर्छन्, हुल्छन् ।’ नेवारी परम्परामा योमरीका विभिन्न खाले गीत गाउने प्रचलन समेत रहेको जानकार बताउँछन्।
नेवार समुदायमा योमरी सगुनमा पनि प्रयोग हुन्छ । भान्जाभान्जीको जोर जन्म दिनमा योमरीको माला लगाइदिने चलन रहेको संस्कृतिविद ग्वंग बताउँछन्।

कसरी बनाइन्छ ?
अहिले योमरी विशेषगरी ताइचिन चामलको पिठोको बनाइन्छ । नेवाः लहनाका सेफ पवन गोपालीका अनुसार ताइचिन चामलको पीठो नरम र लस्सादार हुने भएकाले योमरी फुट्ने सम्भावना हुँदैन । पिठोको बोक्राभित्र चाकु, खुवा, नरिवल, तिल, काजु, पेस्ता, सुकुमेल अनि विभिन्न मसला लगायत सामग्री हालिएको हुन्छ । आकारका हिसाबले बायो र मायो दुई प्रकारका योमरी बनाउने चलन रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । योमरी विशिष्ट सीप, श्रम र प्रविधिको नमुना रहेको उनी बताउँछन् । योमरीलाई पानीको बाफमा बफाएर पकाइनु प्राविधिक नमुना रहेको उनको तर्क छ।

No comments:
Post a Comment