SOURCE : KANTIPUR
श्रीलंकाले पहिलो वान डो आइतबार भारतलाई सजिलै सात विकेटले हराएको छ । टेस्ट सिरिज गुमाएयता वान डे सिरिजको पहिलो खेलमा श्रीलंकाले एकपक्षीय जित निकालेको हो ।
जितका लाग १ सय १३ रनको लक्ष्य पछयाइरहेको श्रीलंकाले २०.४ ओभरमा त्यसलाई आत्मसात् गरेको थियो । उपुल थरंगाले त्यसमा ४९ रन बनाए । यससँगै तीन खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता लिएको छ ।
यसअघि फास्ट बलर सुरन्गा लकमलले चार विकेट लिएपछि भारत १ सय १२ रनमा अलआउट भएको थियो । अब दोस्रो खेल मोहालीमा बुधबार हुनेछ । भारतका नियमित कप्तान विराट कोहली विश्राममा रहँदा रोहित शर्माले कप्तनी सम्हालेका थिए ।
No comments:
Post a Comment