टक्सार पिखुवा खोला हाइड्रोपावरले एक अर्ब २० करोड रुपैयाँ ऋणको रेटिङ गरायो, २०७६ माघमा आयोजना बनिसक्ने - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Saturday, February 16, 2019

टक्सार पिखुवा खोला हाइड्रोपावरले एक अर्ब २० करोड रुपैयाँ ऋणको रेटिङ गरायो, २०७६ माघमा आयोजना बनिसक्ने



bizmandu टक्सार पिखुवा खोला हाइड्रोपावरले आयोजना निर्माणको लागि एक अर्ब २० करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ। केयर रेटिङ नेपालका अनुसार तक्सारले मध्यम किसिमको जोखिम जनाउने 'केयर एनपि डवल वि' प्राप्त गरेको छ।

कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको जलविदुयुत आयोजना निर्माण कार्य प्रारम्भ गरेको छ। आयोजना निर्माणसँगै भोजपुर सबस्टेसनमा जोडिन ५ किलोमिटरको प्रसारण लाइन विस्तार गर्नुपर्ने छ।

आयोजना निर्माणको लागि प्रति मेगावाट लागि २१ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यस आधारमा जम्मा लागत एक अर्ब ७२ करोड रुपैयाँ लाग्नेछ।

कम्पनीले आयोजना निर्माणको लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पूँजीबाट जुटाउने योजना बनाएको छ। आयोजना निर्माणको लागि एक अर्ब २० करोड रुपैयाँ ऋण र बाँकी ५० करोड २४ लाख रुपैयाँ शेयर पूँजीबाट जुटाउने छ।

आयोजनाको प्रमुख शेयरधनीहरुमा पञ्चविरसिंह तुलाधरको ३४.४९ प्रतिशत, नारायण बल्लभ पन्तको ३६.४९ प्रतिशत र अम्बिका प्रसाद ढकालको २२.६३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

आयोजनाको निर्माण कार्य सकिएर व्यवसायिक उत्पादनको लागि २०७६ माघसम्म लाग्ने कम्पनीले जनाएको छ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here