किन बनाइन्छ नेवार समुदायको बलेनीमा मण्डला ? - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, December 15, 2017

किन बनाइन्छ नेवार समुदायको बलेनीमा मण्डला ?


उपत्यकाका नेवार समुदायका हरेक घरको मूलढोका अगाडि बलेनी (आँगन) मा मण्डला कुँदिएको ढुंगा राखिएको हुन्छ । ढुंगामा हरेक दिन पूजा गरिन्छ । सूर्य उदाउनुपूर्व र सूर्यास्त हुनासाथ ढुंगामा फूल, अक्षता, जल, रातो तथा पहेलो टीका चढाउने र दियो बाल्ने प्रचलन छ ।

‘हामीले बुझेअनुसार घरको मूल ढोका अगाडि गोलो तथा मण्डला आकारको एउटा चिल्लो ढुंगा गाडिएको हुन्छ, नेवार जातिले त्यही ढुंगालाई देवता मानेर पूजा गर्ने प्रचलन छ’ हरिराम जोशी, संस्कृतिविद्
संस्कृतिविद् हरिराम जोशीका अनुसार नेवारी भाषामा यसलाई ‘पिखालखु’ भनिन्छ । नेवारी भाषामा ‘पि’ भनेको बाहिर, ‘खाः’ भनेको घर र ‘लखु’ भनेको खोला भएको जोशीले बताए । यस आधारमा ‘पिखालखु’लाई ‘घर बाहिरको खोला’ मान्न सकिने उनको भनाइ छ ।
नेवार समुदायले गंगाको प्रतीक मानेर ढुंगामा खोपिएको मण्डलालाई बलेनीमै पूजा गर्ने गरेको संस्कृतिविद् जोशीको तर्क छ । ‘हामीले बुझेअनुसार घरको मूल ढोका अगाडि गोलो तथा मण्डला आकारको एउटा चिल्लो ढुंगा गाडिएको हुन्छ,’ जोशीले भने, ‘नेवार जातिले त्यही ढुंगालाई देवता मानेर पूजा गर्ने प्रचलन छ ।’
उनले मानव जातिमा ईश्वर उपासनाको परम्परा नमेटियोस् भन्न यस्तो गरिएको हुनसक्ने बताए । ‘मानिसहरू भगवानको प्राथना र आस्था राख्न नभुलुन्, भगवान मान्ने परम्परा सधैँ रहिरहोस् भन्ने हेतुले घरको आँगनमा मण्डलाको पूजा गर्ने चलन बसेको इतिहास छ,’ जोशीले भने । उनका अनुसार यो परम्परा सुरु भएको समयबारे यकिन छैन । नेवार समुदायको उत्पत्ति भएदेखि नै मण्डलाको पूजा गर्ने प्रचलन बसेको उनको अनुमान छ ।
ललितपुर पुल्चोकका ८८ वर्षीय श्यामराजा शाक्यले पनि घरको आँगनमा गाडिएको गोलो ढुंगालाई गंगाको प्रतीकका रूपमा लिएको बताए । ‘यसको पूजा गर्दा पानीको हाहाकार नहुने, देशमा शान्ति सुरक्षा हुने र घर–परिवारमा बेमेल नहुने मान्यता छ,’ उनले भने, ‘यो परम्परा कसले सुरु ग¥यो भन्नेबारे अझै भेटिएको छैन ।’
वर्षामा पानीको पहिलो छिटा घरको छानो हुँदै सीधै ‘पिखालखु’मा खस्न सक्ने गरी यसको निर्माण गरिने संस्कृतिविद् जोशी बताउँछन् । उनका अनुसार यसमा वैज्ञानिक कारण पनि छ । नेवार समुदायमा बाहिर पूजा गर्न जाँदा सबैभन्दा पहिले आँगनमा रहेको ‘पिखालखु’को पूजा गर्ने चलन छ । यसो गर्दा बाहिरी कर्म असफल नहुने विश्वास गरिन्छ ।
नेवार समुदायमा दुलही भित्रायाउँदा र मलामी फर्काउँदा पनि त्यही ढुंगामै शुद्धीकरण गरिन्छ । ‘घर बाहिर पूजा गर्दा घरभित्र पनि शान्ति हुन्छ भन्ने धार्मिक मान्यता छ,’ जोशीले भने, ‘नेवार समुदायमा गरिने हरेक पूजा–पाठको सुरुवात पनि आँगनको यही ढुंगाबाटै हुन्छ ।’
ललितपुर जिल्ला पाटनका मंगलबजारका बुद्धिराज बज्राचार्य र सानो पाटन भनिने भोजपुर जिल्लाको टक्सारका शाक्य राजले सनातनदेखि नै यस्तो परम्परा चलेको बताए । यसो गर्दा अशान्ति र कुनै किसिमको संकट ननिम्तिने मान्यता रहेको जानकारी दिए । ‘पिखालखुमा पूजा गर्दा सिन्दुर पनि प्रयोग गरिन्छ,’ उनले भने, ‘यसो गर्दा घरमा नयाँ कामको सुरुवात हुने र पवित्र भइरहने मान्यता छ ।’
सानो पाटनको इतिहास

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here