शेयरबाट पैसा कमाउने उपाए - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, February 4, 2019

शेयरबाट पैसा कमाउने उपाए

Image result for earn from sharemarket

स्टक एक्सचेन्ज केन्द्र एकदमै व्यस्त बजार बनेको छ । तथापि, स्टक बजारबारे केही नबुझेका मानिसहरू स्टक बजारमा ‘जम्प’ गरेको पाइन्छ । जसका कारण उनीहरले आफ्नो लगानी गुमाइरहेका छन् । सेयर किन्न जानुभन्दा पहिले नै मैले किनेको मुल्यभन्दा तल गयो र नोक्सान भयो भने त्यो नोक्सानलाई म यसरी क्षतिपुर्ति गराउँछु भन्ने उपायसहित लिएर सेयर बजारमा प्रवेस गर्नुपर्छ । तर, ९० प्रतिशत लगानीकर्ताहर त्यस्तो उपाय लिएर हिँड्दैनन् । त्यसैले डुब्छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा पूर्व तयारी हो । पूर्व तयारी भनेको कुनै कुरा गर्नुअघि नै त्यसबारे जानेर बुझेर मात्रै अघि बढ्ने । सेयर बजार लगानी डुबाउने धेरै मानिसहर हल्लाका पछि दौडनेहर नै हुन्छन् । त्यसैले आफुलाई ‘स्ट्रङ’ राख्न सकेसम्म यससम्बन्धी बढी जानकारी लिने र जोखिम आइपरेको खण्डमा सामना गर्ने उपायसहित ‘स्ट्याण्ड’मा रहनुपर्छ ।
थोरै लगानीकर्ताले दीर्घकालमा कमाउँछन् तर धेरै लगानीकर्ताहर छोटो समयमै धेरै नाफा खान खोज्ने भएकाले जस्ता पनि कम्पनीको सेयर किनेकै कारण पनि डुब्छन् । पछिल्लो समय लगानीकर्ताका कारण मुल्य बढ्नुपर्ने कुनै आधार नभएका कम्पनीको मुल्य पनि आकासिएको देखियो ।  
समग्रमा सेयरमा पैसा कमाउने हो भने लगानीकर्ताले चार वटा ‘इ’ फलो गर्नुपर्छ ।  
एजुकेशन अर्थात शिक्षा
पहिलो ‘इ’ भनेको एजुकेशन हो । सेयरमा लगानी गर्न चाहनेसँग सेयर बजार के हो र कसरी कारोबार हुन्छ र कस्ता कम्पनीको सेयर किन्नुपर्छ र लगायतका ज्ञान हुनुपर्छ । किनकी एजुकेशन भनेको कम्पनीको बारेमा बुझ्ने पनि हो । त्यसभित्र कम्पनीको नाफा, रिजर्भ, खराब कर्जा, दायित्व, सञ्चालक समिति, लगानी, व्यवस्थापन, उसले विगतमा दिएको नाफाको अवस्था सबै कुरालाई अध्ययन गर्नुपर्छ । राम्रो के हो र नराम्रो के हो र छुट्याउन सक्ने ज्ञान प्राप्त गर्नका लागि सेयर तालिम लिने, किताबहर पढ्ने, भिडियोहर हेर्ने, नीतिगत कुराहर हेर्ने, आमसञ्चारका माध्यममा समाचार तथा विश्लेषणहर हेर्ने गर्नुपर्छ ।
इन्ट्री अर्थात प्रवेश
दोस्रो ‘इ’ भनेको बजारमा इन्ट्री ९प्रवेस० हो । सेयरसम्बन्धी शिक्षा लिइसकेपछि बजारमा प्रवेस गर्नुपर्छ । बजारमा प्रवेस गर्नुअघि मैले कस्ता कम्पनीमा लगानी गरेँ भनेँ जोखिम बढी हुन्छ । घट्यो भने के गर्ने र भन्ने उपायहर पनि सोच्नुपर्छ ।
 
एक्स्पेरियन्स् अर्थात अनुभव
तेस्रो ‘इ’ भनेको एक्स्पेरियन्स अर्थात् अनुभव हो । बजारमा प्रवेस गरेपछि मात्रै लगानीकर्तासँग अनुभव हुन्छ । लगानीकर्ताको चाहाना आज बजारमा प्रवेस गरेर भोली नै कमाइहालौं भन्ने हुन्छ तर, आफुसँग कति वर्षको अनुभव छ भन्ने कुरा चाहिँ बुझेको पाइँदैन । अनुभवी लगानीकर्ताहर कहिले डुब्दैनन् ।
 
एक्जिट अर्थात प्रस्थान
चौथो ‘इ’ भनेको एक्जिट अर्थात बाहिरिने हो । एउटा नाफा लिएर बाहिरिने, दोस्रो नोक्सान व्यहोरेर बाहिरिने र तेस्रो सावाँ लिएर बाहिरिने हो । सकेसम्म लगानीकर्ताले नाफा लिएर बाहिरिने हो । तर, जोखिम आउन सक्छ भन्ने संकेत देखियो भने नाफाको लोभमा नपरी सावाँ लिएर बाहिरिनु नै उपयुक्त हुन्छ । 


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here