नेपाल टेलिकमले ल्यायो ४० रुपैयाँसम्म व्यालेन्स सापटी लिने सुविधा - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, April 3, 2018

नेपाल टेलिकमले ल्यायो ४० रुपैयाँसम्म व्यालेन्स सापटी लिने सुविधा


नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट’ सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको उद्घाटन गरे । नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले  प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने नमस्ते क्रेडिट नामक सेवा सुरु गरको हो ।
यस सेवाअन्तर्गत कम्पनीका ग्राहकले जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सक्नेछन् । यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुने बताइएको छ । सापटी लिएको रकम रिचार्ज गरेपछि काटिनेछ । टेलिकमका अनुसार सापटी लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।
सेवा सुचारु र बन्द गर्ने तरिका
तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सीममा मात्र यो सुविधा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । टेलिकमका अनुसार कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । त्यसैगरी यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिने टेलिकमले जनायो । टेलिकमका अनुसार एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिने छ ।
यस सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here