के बजार अब रिभर्सल भएर माथी चढ्दै हाे त?? भाग-१ - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, November 14, 2017

के बजार अब रिभर्सल भएर माथी चढ्दै हाे त?? भाग-१



 SOURCE : FORUM.DHITOPATRA.COM

गएकाे महिना अक्टाेबरकाे २२ तारिखमा १५८६.८४ अंकमा पुगेकाे बजार त्यहाँ पश्चात निरन्तर तल झरेर
अाएकाे थियाे । यसरी तल अाउने क्रममा बजारले गएकाे विहिबार याे महिनाकाे सबैभन्दा न्यूनतम विन्दु १४५२.२४ अंकलार्इ छाेएर बन्द हुने बेलासम्ममा १४६०.७३ काे अंकमा बन्द भएकाे थियाे ।
1_1510571656055_Image1.PNG 0_1510571656054_image2.PNG
यसरी १४५२ काे न्यूनतम तहबाट उकालाे लागेकाे बजार त्यहाँ पश्चात लगातार दुर्इवटा काराेबार दिनमा बढेरै गएकाे देखिन्छ । यसरी बढ्ने क्रममा बजार पुनः अाज नाेभेम्बर १३ सम्म अाइपुग्दा १४९०.८८ काे बिन्दुमा अाएर बन्द भएकाे छ ।
यसका साथै नेप्सेमा सूचिकृत भएका कम्पनीहरूकाे पछिल्लाे काराेबार मुल्यलार्इ विश्लेषण गर्ने हाे भने पनि बजार मुल्य न्यूनतम मुल्यकाे तुलनामा माथी अाएर बन्द भएकाे देखिन्छ । त्यसाे हाे भने के बजार अब माथितर्फ फर्किंदै हाे त ?
कमर्सियल बैंकहरूकाे तथ्यांक हेर्ने हाे भने त त्यस्तै देखिन्छ । यहाँ २७ वटा बैंकहरू मध्ये सबैकाे मुल्य न्यूनतम तहभन्दा माथी बढेर गएकाे छ । सबै भन्दा धेरै नेपाल बंगलादेश बैंककाे ८ प्रतिशतले रिभर्सल देखिएकाे छ भने सबै भन्दा कम नेपाल एसबिअाइ बैंककाे २ प्रतिशतले रिभर्सल देखिएकाे छ ।
तलकाे तस्वीरमा प्रस्तुत गरेकाे टप पाँच वटा रिभर्सलहरू राखिएकाे छ ।
0_1510580946164_image3.PNG
यस्तै हामीले कमर्सियल बैंकहरूकाे गएकाे अक्टाेबर २२ काे उच्च मुल्य बाट तल न्यूनतम मुल्य अाउँदा जे जतिकाे गिरावट देख्याैं, अब रिभर्सल हुँदा फिबाेनेसी रिट्रेसमेन्ट बिधिबाट ६० प्रतिशत माथि जानलार्इ चाहिने प्रतिशत मध्ये सबैभन्दा धेरै प्रतिशतले माथि जान सक्ने बैंकहरूकाे सूची तयार गरेर हेर्दा अब सबैभन्दा धेरै ७.३० प्रतिशतले बढ्ने सम्भावना रहेकाे बैंककाे रूपमा ग्लाेबल अाइएमइ बैंक देखिन्छ भने साे ६० प्रतिशतकाे रिभर्सल पहिले नै हासिल गरेकाे बैंककाे रूपमा नेपाल इन्भेष्टमेन्ट बैंक देखिन्छ ।
तलकाे तस्वीरमा हामीले यसरी धेरै रिभर्सल हुन सक्ने टप पाँच वटा कम्पनीहरूकाे सुचि राखेका छाैं ।
0_1510580933762_image4.PNG
याे माथीकाे विश्लेषणबाट हामीले थप संकेत प्राप्त गर्न सक्छाैं कि बजार रिभर्सल तर्फ नै लागेकाे हाे ।
बैंक बाहेक अन्य क्षेत्रका कम्पनीहरूकाे यस्तै विश्लेषण सहित हामी पुनः अर्काे विश्लेषण लिएर चाडैं प्रस्तुत हुनेछाैं
क्रमशः   https://goo.gl/aV9m9R

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here