भाइबर बैंकिङ के हो ? कसरी प्रयोग गर्ने ? - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Saturday, January 27, 2018

भाइबर बैंकिङ के हो ? कसरी प्रयोग गर्ने ?


नेपालमा पछिल्लो समय बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु भित्रिरहेका छन् । जसमध्येको एक हो, भाइबर बैंकिङ । आजकल हरेक व्यक्तिको हातमा स्मार्ट फोन रहेको छ । भाइबर पनि लोकप्रिय सामाजिक संजाल बनिसकेको छ । यस्तो अवस्थामा, बैंकहरु पनि ग्राहकहरुसँग भाइबरमार्फत जोडिन थालेका छन् ।  
भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्छ । मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् । यो सेवा बैंकमा खाता नभएका व्यक्तिले समेत उपयोग गर्न सक्छन् । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्छन् । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here